हलमा दुई नेपाली सिनेमाको पकड − Kalakarita
हलमा दुई नेपाली सिनेमाको पकड

आइतबार, कार्तिक ४, २०७५, ०७ : २६कलाकारिता

काठमाडौं, ४ असोज – घटस्थापनाबाट प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा ३’ र फूलपातीको दिन पारेर असोज ३० गते सार्वजनिक भएको ‘जय भोले’ यतिबेला सिनेमा घरमा प्रदर्शन भइरहेका छन् । दुवै फिल्मले व्यावसायिक रुपमा राम्रो व्यापार गरिरहेका छन् ।

दशैँको बेला पारेर रिलिज गरिएका दुवै चलचित्र काठमाडौंका मल्टिप्लेक्स हलमा अहिले पनि उत्तिकै चापका साथ प्रदर्शनमा छन् । तर, तुलनात्मक रुपमा भने दीपक–दीपाको ‘छक्का पञ्जा ३’ अगाडि देखिएको छ । यो फिल्मले क्युएफएक्समा ‘जय भोले’ ले भन्दा बढी शो पाएको छ ।

काठमाडौंका अन्य मल्टिप्लेक्स हलमा पनि जय भोलेको तुलनामा ‘छक्का पञ्जा ३’ नै अगाडि देखिए पनि विदेशी फिल्मभन्दा दुवै फिल्म अगाडि देखिएका छन् । यी फिल्मले नेपालमा रिलिज भएका हलिउड र बलिउड फिल्मको भन्दा बढी शो पाएका छन् ।

कमेडी जानराको चलचित्र ‘जय भोले’ लाई अशोक शर्माले निर्देशन गरेका हुन् । दुई साथीको कथा रहेको यो कमेडी चलचित्र हो । चलचित्रमा खगेन्द्र लामिछाने, बुद्धि तामाङ, सौगात मल्ल, सलोन बस्नेत, स्वस्तिमा खड्का लगायतले अभिनय गरेका छन् । चलचित्रले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।

फिल्मको कथा खगेन्द्र लामिछानेले लेखेका हुन् ।

यस्तै ‘छक्का पञ्जा ३’ लाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, दीपिका प्रसाईं, जितु नेपाल, शिवहरि पौडेल, नीर शाह लगायतका कलाकारको अभिनय छ । चलचित्रले सरकारी विद्यालयको विसङ्गतिलाई देखाउन खोजेको छ ।

चलचित्रको कथा दीपकराज गिरीले लेखेका हुन् ।


तपाईंको प्रतिक्रिया