जानी नजानीको ट्रेलरमा कर्पोरेट लेवलको प्रेमकथा (भिडियो) − Kalakarita
जानी नजानीको ट्रेलरमा कर्पोरेट लेवलको प्रेमकथा (भिडियो)

आइतबार, फागुन १२, २०७५, ०८ : २६कलाकारिता

काठमाडौं १० फागुन – आगामी १ चैत्रबाट रिलिज हुने चलचित्र ‘जानी नजानी’को शुक्रबार काठमाडौंमा एक समारोहबीच ट्रेलर रिलिज गरियो ।

यो चलचित्रको ट्रेलरमा देब बनेका मनिष श्रेष्ठ र मीरा बनेकी निरिशा बस्नेतबीचको प्रेम सम्बन्धको उतार चढाब देखाईएको छ । यी दुबैजना कर्पोरेट व्यबसाय पेशामा छन् । उनीहरु पेशाकै क्रममा निटक भएको र त्यसपछि प्रेम सम्बन्धमा उतार चढाब आएको देखाइएको छ ।

फिल्ममा चिराग बनेका सन्नी सिंह र मिरा बनेकी निरिशाबीच प्रेम सम्बन्ध टुटेको र सो सम्बन्धले मिराको जीवनलाई पिडायुक्त बनाएको पनि ट्रेलरमा उल्लेख छ । त्यो सम्बन्ध तोड्न बर्षा बनेकी अभिनेत्री नम्रता श्रेष्ठको महत्वपूर्ण भूमिका ट्रेलरमा देखिन्छ । यो चलचित्रमा प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी पनि विभिन्न भूमिकामा छन् ।

जानी नजानीलाई बसन्त अधिकारीले निर्देशन गरेका हुन् । यो फिल्ममा आफुहरुले कर्पोरेट स्तरको प्रेमलाई उठान गरेको उनले बताए । बिगत आठ वर्षअघि देखि आफु र सामिप्यराज तिमिल्सिनाले यो स्कृप्ट तयार गरेको र एउटा राम्रो स्कृप्टमा सिनेमा बनाएको पनि निर्देशक अधिकारीले बताए ।

जानी नजानीमा आफुले सक्दो राम्रो काम गरेको अभिनेता मनिष श्रेष्ठले कार्यक्रममा बताए । अभिनेत्री निरिशा बस्नेतले आफ्नो यो पहिलो चलचित्र भएको र जानी नजानीबाट आफु निकै उत्साहित रहेको बताइन् ।

आधुनिक प्रेम कथामा आधारित यो चलचित्रको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् । लेखक तिमल्सिनाले चलचित्र ड्रिम पछि आफुले लेखेको यो उत्कृष्ट लभ स्टोरी फिल्म भएको बताए । यसका निर्देशक बसन्त अधिकारीले लामो समयदेखि म्युख्य सहायक

निर्देशकको रुपमा काम गर्दाको अनुभव समेटेर एउटा स्तरीय फिल्म बनाएको बताए ।

रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । फिल्ममा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ । जानी नजानी मार्फत मनोरञ्जनसँगै दर्शकले ससक्त सन्देश पनि पाउने निर्माता रोशनीले ट्रेलर रिलिज कार्यक्रममा बताईन् ।

फिल्मलाई निकै स्तरीय बनाएको जिकिर उनले गरिन् । निर्माता केसीले यस अघि डाक्टर खाते फिल्म निर्माण गरिसकेकी छिन ।

अर्का निर्माता मोदनाथ खनालले आफु यो क्षेत्रका लागि नयाँ भए पनि एउटा समसामयिक तर आदर्श प्रेमकथामा यो फिल्म बनाएका बताए  चलचित्र जानी नजानीले नेपाली समाजमा प्रेमको परिभाषा केही फरक रुपमा गर्ने विश्वास व्यक्त गरे ।


तपाईंको प्रतिक्रिया