आलियालाई के गर्दा बढी रमाइलो लाग्छ? − Kalakarita
आलियालाई के गर्दा बढी रमाइलो लाग्छ?

बुधबार, वैशाख २६, २०७५, १० : २६कलाकारिता

मुम्बई – मेघना गुलजारको फिल्म राजीमा आलिया भट्ट एक अलग रुपमा देखिएकी छिन् । आलिया यो फिल्मलाई लिएर उत्साहित पनि देखिएकी छिन् । कैयन् वर्ष पहिले हिन्दुस्तानको कसम नामक एक फिल्म आएको थियो । जसमा अभिनेत्री एक स्पाइ ‘जासुस’ को भूमिका निभाएकी थिइन् । केही त्यही फिल्मसँग आलियाको नयाँ फिल्म राजी मिल्छ?

यस कुरामा आलिया असहमत प्रकट गर्छिन् । साथै उनले उक्त फिल्म नहेरेको र राजी फिल्म पूरै फरक भएको पनि बताइन् । आलियाका अनुसार यो कहानी वास्तविक कहानीबाट प्रेरित छ, यो फिल्म अरु फिल्मबाट प्रभावित छैन ।

साथै उनले के पनि भनेकी छिन् भने फिल्ममा दोहोरो भूमिका निभाउन या च्यालेन्जिङ रोल निभाउँदा आफूलाई सबैभन्दा धेरै मजा लाग्ने गर्छ । उड्ता पञ्जाब, हाइवे जस्ता फिल्ममा अभिनय गर्दा खुशी लागेको र आफ्नो जिन्दगी लक्ष्य नै यही भएको उनको भनाइ छ । साथै उनले आफूलाई मानवीय समस्याको समाधान गरिएका फिल्ममा अभिनय गर्न अझ बढी रमाइलो लाग्ने गरेको बताउँछिन् ।


तपाईंको प्रतिक्रिया