एकसाथ ‘शत्रु गते’ का ४ पोस्टर रिलिज − Kalakarita
एकसाथ ‘शत्रु गते’ का ४ पोस्टर रिलिज

आइतबार, फागुन ६, २०७४, १२ : २६कलाकारिता

काठमाडौं, ६ फागुन – चलचित्र रिलिजका लागि केही समय बाँकी रहँदा चलचित्र ‘शत्रु गते’ को पोस्टर सार्वजनिक भएको छ ।

पोस्टरमा हरिवंश आचार्य र दीपाश्री निरौलाको जोडी, दीपकराज गिरी र प्रियंका कार्कीको र पल शाह र आँचल शर्माको जोडीलाई छुट्टाछुट्टै देखाइएको छ ।

हास्य जानराको चलचित्रको बिम्बअनुसार नै चलचित्रको पोस्टर तयार गरेको निर्देशक प्रदीपले बताए । पोस्टरका तस्वीरलाई श्रीधर पौडेलले खिचेका हुन् भने टौवा क्रियशनले चलचित्रलाई निर्माण गरेका हुन् ।

चलचित्रमा मदनकृष्ण श्रेष्ठ, किरण केसी, शिवहरि पौडेल लगायतका कलाकारले पनि अभिनय गरेका छन् । यसभन्दा अघि रिलिज गरिएको चलचित्रको गीत ‘रुपै मोहनी’ र ‘पिरतीको बर्को’ लाई दर्शकले रुचाएका थिए ।

यसअघि प्रदीप भट्टराईले चलचित्र ‘जात्रा’ निर्देशन गरेका थिए । चलचित्रको पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरीले लेखेका हुनु । त्यस्तै संवाद निर्देशक भट्टराईले हरिवंश आचार्यको छ । दीर्घ गुरुङले छायांकन गरेको चलचित्रलाई मित्र गुरुङले सम्पादन गरेका हुन् ।

चलचित्र आउँदो चैत्र ९ गते रिलिज हुँदैछ ।

 


तपाईंको प्रतिक्रिया