‘जीरो’ को सेटबाट भाइरल भयो क्याटरिनाको तस्वीर − Kalakarita
‘जीरो’ को सेटबाट भाइरल भयो क्याटरिनाको तस्वीर

बुधबार, चैत्र २८, २०७४, ०२ : २७कलाकारिता

मुम्बई – बलिउड अभिनेत्री क्याटरिना कैफको नयाँ लूकलाई लिएर यतिबेला बलिउडमा चर्चा चलिरहेको छ ।

क्याटरिना आजभोलि आफ्नो आउँदो फिल्म ‘जीरो’ को शूटिङमा व्यस्त छन् । उनको फिल्मको शूटिङलाई लिएर लगातार उनको तस्वीरलाई लिएर भाइरल भइरहेको छ । अहिले उनको एक तस्वीर इन्स्टाग्राममा खुबै शेयर भइरहेको छ । फ्यानले उनको तस्वीरलाई रुचाएका छन् ।

साडी र गहनामा देखिएकी क्याटरिना राम्री देखिएकी छिन् । उनको यस लूक फिल्ममा कस्तो देखिन्छ भनेर चर्चा पनि चलिरहेको छ । फिल्ममा क्याटरिनाका साथ अनुष्का शर्मा पनि मुख्य भूमिकामा छिन् । शाहरुख, अनुष्का र क्याटरिना एकसाथ यसअघि ‘जब तक है जान’ फिल्ममा पनि देखिएका थिए ।

जीरो बाहेक क्याटरिना अर्को फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ मा पनि देखिनेछिन् ।


तपाईंको प्रतिक्रिया