काठमाडौं, २ वैशाख – नयाँ वर्ष ०७५ को अवसर पारेर ०७४ को अन्तिममा रिलिज भएको चलचित्र ‘लिलिबिली’ ले शुक्रवार र शनिवार उत्साहजनक व्यापार गरेको छ ।
नयाँ वर्ष तथा विदाको दिन फिल्मले राम्रो व्यापार गरेको छ । मल्टिप्लेक्स तथा सिंगल थिएटरका दर्शकले फिल्म रुचाएको निर्माण टिमले जनाउँदै आएको छ ।
शनिवार राजधानीका धेरै हलमा कलाकारसँगै निर्माण टिम पनि पुगेको थियो । फिल्मले उत्साहजनक व्यापार गरेको बताइएको छ । फिल्मले पहिलो दुई दिनमा २ करोडभन्दा धेरैको व्यापार गरेको निर्माता तथा वितरक गोविन्द शाहीले बताएका छन् । फिल्मले पहिलो दिन ८२ लाख बराबरको ग्रस कलेक्सन गरेको र दोस्रो दिन १ करोड ३५ लाख बराबरको व्यापार गरेको बताइएको छ ।
स्कटल्याण्डमा छायांकन गरिएको चलचित्रले दर्शकबाट भने मिश्रित प्रतिक्रिया पाएको छ । केही दर्शकले फिल्म अत्यन्तै राम्रो लागेको बताएका छन् भने केहीले फिल्म औसत भएको बताएका छन् । समीक्षकको नजरमा पनि फिल्मले खासै राम्रो प्रतिक्रिया पाउन सकेको छैन तर हल हलमा प्रदीपको क्रेज भने उत्साहजनक देखिएको छ ।
चलचित्रमा गोविन्द शाही र सुदिप खड्काको लगानी छ । प्रदीप र जसिता लगायत प्रियंका कार्की, अनुपविक्रम शाही, सविन श्रेष्ठ, ध्रवदत्त लगायतका कलाकारले पनि फिल्ममा अभिनय गरेका छन् ।
तपाईंको प्रतिक्रिया