प्रमोद खरेलले ल्याए ‘थोपा थोपा’ (भिडियो) − Kalakarita
प्रमोद खरेलले ल्याए ‘थोपा थोपा’ (भिडियो)

बुधबार, जेठ ३०, २०७५, ०८ : २७कलाकारिता

काठमाडौं, ३० जेठ – सुगम गायक प्रमोद खरेलले नयाँ गीत बजारमा ल्याएका छन् । ‘थोपा थोपा झार्छौ कति’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरेका हुन् ।

गीतमा प्रमोद खरेलको स्वर छ भने आशिष अविरलले संगीत दिएका छन् । त्यस्तै शब्दलाई नारद निष्ठुरीले लेखेका हुन् ।

गीतको भिडियोमा जीवन खड्काको निर्देशन, लामा भाइको छायांकन र फिरोज अर्पणको सम्पादन रहेको छ ।

भिडियोमा जीवन खड्का र चन्दा ढुंगानालाई फिचरिङ गराइएको छ ।


तपाईंको प्रतिक्रिया