

मुम्बई – हालै आफ्नी पत्नी मेहर वेसियासँग पारपाचुके गरेका अर्जुन रामपाल मुभअन गरिसकेको अनुमान लगाउन थालिएको छ । केही रिपोटर्सलाई आधार मान्ने हो भने अर्जुन एक सर्बियन मोडल नताशा स्टेनकोविकसँग डेटिङ गरिरहेका छन् ।
नताशाले अर्जुनको फिल्म ‘ड्याडी’ मा एक आइटम डान्स गरेकी थिइन् । सूत्रका अनुसार, अर्जुन र नताशा फिल्म ‘ड्याडी’ का दौरान एकअर्कासँग चिनजान गरेका थिए । त्यसपछि उनीहरु निरन्तर सम्पर्कमा छन् ।
अर्जुन आफ्नी पत्नीसँग तीन महिनादेखि छुट्टिएर बस्दै आएका थिए । यसको कारण ऋतिक रोशनकी पूर्वपत्नी सुजेन खानलाई लिइएको थियो । तर त्यो हावादारी कुरा भनिएको छ ।
नताशा एक प्रोफेसनल डान्सर हुन् । उनले केही फिल्ममा आइटम डान्स गरेकी छिन् । साथै उनले केही फिल्ममा केमियो रोल पनि गरेकी छिन् ।
उनले प्रकाश झाको फिल्म ‘सत्याग्रह’ को एक गीतबाट बलिउड डेब्यु गरेकी थिइन् ।
तपाईंको प्रतिक्रिया