पल र आँचलः प्रेमको चर्चा तर अभिनयको? − Kalakarita
पल र आँचलः प्रेमको चर्चा तर अभिनयको?

सोमबार, जेठ २८, २०७५, ०१ : २७कलाकारिता

काठमाडौं, २८ जेठ – मोडल हुँदै फिल्ममा आएका युवा अभिनेता पल शाहले शुरुवाती समयमा दर्शकमाझ क्रेज देखाए तर पछिल्लो समय उनी दुवै मोडलिङमा सक्रिय छन् ।

एकपछि अर्को गर्दै फ्लप फिल्म दिएका पल र आँचललाई मिडियामा दर्शकले रुचाएको जोडी पनि भनियो । फिल्मको प्रचारमा पनि फिल्मको भन्दा बढी प्रेमकै चर्चा गरियो ।

फिल्म ‘शत्रु गते’ मा यी दुई कल‌ाकार जोडीकै रुपमा रहेपनि चर्चा भने अरु कलाकारकोल धेरै भयो‌, जुन स्वभाविक थियो । फिल्मबाट आँचलले राम्रै तारिफ बटुलिन् पनि । अहिले भने आँचल र पलको जोडी म्युजिक भिडियोको जोडी भएको छ ।

जोडीको चर्चाले गर्दा पल र आँचललाई अहिले तत्कालका लागि फाइदा नै हुन सक्छ तर अभिनयको दमले यी अफवाहलाई हटाउनुपर्ने आवश्यकता छ, र अरु कलाकारसँग पनि खुलेर अभिनय गर्न सक्नुपर्छ । अझ आँचलले त एक अन्तर्वार्तामा केसम्म भनेकी थिइन् भने पल जीसँग काम गर्न बढी सहज हुन्छ ।

एक कलाकारले एकजनासँग मात्र काम गरेर शायदै नपुग्ला, त्यसका लागि पल र आँचलले डिप्लोम्याटिक तरिकाले सोच्नुपर्ने हो । यसरी स–साना कुरामै अल्झिएर आफूलाई अपग्रेड गर्न सकेनन् भने पल र आँचलको शुरु हुन लागेको करियर धरापमा पर्न धेरै महिना लाग्ने छैन ।


तपाईंको प्रतिक्रिया