काठमाडौं, २७ चैत – चलचित्र ‘जात्रा’ बाट चर्चामा आएका निर्देशक प्रदीप भट्टराईको निर्देशनमा यसको सिक्वेल फिल्म ‘जात्रै जात्रा’ बन्ने भएको छ ।
‘जात्रा’ को सफलतासँगै यसको दोस्रो भागलाई लिएर दर्शकमा चासो बढेको थियो । यसअघि नै फिल्म निर्माण हुने कुरा भइरहे पनि अब भने फिल्म पक्का निर्माण हुने भएको छ । कमेडी जानरामा बनेको चलचित्र ‘जात्रा’ ले दर्शकको मन जितेको थियो भने यो चलचित्र पनि पूर्णत कमेडी जानरामै आधारित हुनेछ ।
चलचित्रमा पहिलो भागकै कलाकार दोहोरिनेछन् भने केही नयाँ कलाकार समेत थपिन सक्नेछन् । अर्को वर्षको फागुन १७ लाई चलचित्रले प्रदर्शन मिति तोेकेको छ ।
यतिबेला निर्देशक भट्टराई निर्देशित चलचित्र ‘शत्रु गते’ सिनेमाघरमा सफलताका साथ प्रदर्शन भइरहेको छ ।
तपाईंको प्रतिक्रिया