

मुम्बई – आमिर खान–अमिताभ बच्चनको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ रिलिजको तयारीमा छ । फिल्ममा अमिताभले एक लोरी गाएका छन् । यो फिल्ममा अमिताभ विशेष भूमिकामा अभिनय पनि गर्दैछन् । फिल्ममा फतिमा सना शेख जो जाफिराको रोलको अभिनय गरेकी छिन् । उनी भावुक हुँदा अमिताभले लोरी गाएर सुनाउँछन् ।
रिपोर्टसका अनुसार अमिताभ बच्चन यो लोरीका लागि यति उत्सकु थिए कि, उनले यो गीतलाई आफैले रेकर्ड गर्ने सोचे । जसका कारण उनले यो लोरीलाई आफ्नै घरमा रेकर्ड गराएका थिए ।
अमिताभले भनेका छन्, ‘यो गीत खुदाबक्स र जाफिराको गहन सम्बन्धलाई देखाउँदा सुन्न सकिनेछ, यो गीतका लागि विशेष उत्सुक थिएँ, गीत निकै सुन्दर थियो, बाबु–छोरीको सम्बन्धलाई अझ चमक दिने गीत छ यो ।’
यो लोरीलाई सैराटका संगीतकार अजय–अतुलले तयार पारेका हुन् । यो गीतलाई अमिताभ भट्टाचार्यले मन छुने गरी लेखेका छन् भनेर समाचार आइरहेका छन् ।
फिल्म ८ नोभेम्बरमा रिलिज हुँदैछ । पहिलोपटक आमिर खान र अमिताभ बच्चन फिल्ममा एकसाथ देखिँदैछन् । फिल्मका कैयन् गीत रिलिज भइसकेका छन् ।
तपाईंको प्रतिक्रिया