जोधपुर जेलमा देखियो सलमानको स्टारडम, अटोग्राफ दिएको तस्वीर भाइरल − Kalakarita
जोधपुर जेलमा देखियो सलमानको स्टारडम, अटोग्राफ दिएको तस्वीर भाइरल

शनिबार, चैत्र २४, २०७४, ११ : २७कलाकारिता

मुम्बई – बलिउड अभिनेता सलमान खान भारतको जोधपुर सेन्ट्रेल जेलमा कालो हरिण शिकार अभियोगमा आफ्नो पाँच वर्षको सजायको दोस्रो दिन काट्दैछन् । तर, जेलभित्र पनि सलमान खानको स्टारडम कम भएको छैन ।

डीएनएको रिपोर्टलाई आधार मान्ने हो भने सलमान खान जेलमा पनि अटोग्राफ दिइरहेका छन् । खासमा जेलमा काम गर्ने कर्मचारीका एक बच्चा सलमान खानका ठूलो फ्यान रहेछन् । ती कर्मचारीले सलमान खानसँग बच्चाका लागि अटोग्राफ मागे ।

सलमानले पनि कागजमा वीथ लभ सलमान खान लेखेर दिए । यो कुरालाई पुष्टि भने गरिएको छैन । तर उक्त तस्वीर भाइरल भइरहेको छ ।

सलमान खानलाई लाखौं व्यक्तिले भगवानलाई जस्तै फलो गर्ने गर्छन् । उनका फ्यानले सलमान खानका जुन फिल्म पनि हेर्ने गर्छन् भने भारतमा मात्र नभएर विश्वमै पनि सलमान खानले अभिनयमार्फत आफ्नो छाप छोडेका छन् ।

उनी जेलको सजाय भोगिरहँदा ठूला प्रोजेक्टका कैयन् फिल्म प्रभावित भएका छन् ।


तपाईंको प्रतिक्रिया