भाइको जन्मदिनमा दिदीको ‘मैले सास फेर्दा’ − Kalakarita
भाइको जन्मदिनमा दिदीको ‘मैले सास फेर्दा’

आइतबार, चैत्र ४, २०७४, ०९ : २७कलाकारिता

काठमाडौं, ४ चैत – गायिका सरु गौतमले नयाँ गीत सार्वजनिक गरेकी छिन् । ‘मैले सास फेर्दा’ बोलको गीतमा भाइ सरोज गौतमको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको हो ।

गीतमा सरु र सरोजको स्वर छ । त्यस्तै प्रभा बर्तौलाले गीतका शब्द लेखेकी छिन भने दीपक शर्माले संगीत दिएका छन् ।

भावनात्मक रुपमा बलियो लाग्ने गीतको भिडियोमा सरु र सरोज दुवै छन् ।

‘भाइको स्वर पनि राम्रो छ । त्यसैले दुवै मिलेर गीत निकालेका हौं,’ सरुले बताइन् । यसअघि सरोजले गीतको भिडियोमा अभिनय समेत गरेका थिए ।

https://www.youtube.com/watch?v=za97_JSHZOs&authuser=0


तपाईंको प्रतिक्रिया