Break up

प्रकाश सपूतले अर्को मन छुने गीत (भिाडियो)

सोमबार, जेठ १३, २०७६, ०९ : २७कलाकारिता

काठमाडौं – गायक प्रकाश सपूतले नयाँ गीत बजारमा ल्याएका छन् । उक्त गीतमा उनलाई चर्चित गीत ‘बोल माया’ को परिवेशमा तयार पारिएको छ ।

‘गलबन्दी’ बोलको गीतमा प्रकाश सपूत र शान्तिश्री परियारको आवाज सुन्न सकिन्छ । यस्तै गीतमा कृष्ण बिकको संगीत संयोजन छ । गीतमा मादल खर्क बूढा मगरले बजाएका छन् भने रत्न बिकले बाँसुरीमा साथ दिएका छन् । गीतको अडियो र भिडियो भाका नेपालले तयार पारेको हो ।

गीतको भिडियोमा प्रकाश सपूत, अञ्जली अधिकारी, दिप्लव विक लगायतले अभिनय गरेका छन् । भिडियोको निर्देशन गायक सपूतले नै गरेका हुन् ।

यसमा तपाईंको विचार

नोट : तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन र गोप्य राखिनेछ ।