तीजको गीत ‘जे भने नि मान्छु’ रिलिज (भिडियो) − Kalakarita
तीजको गीत ‘जे भने नि मान्छु’ रिलिज (भिडियो)

शुक्रबार, असार २२, २०७५, ०७ : २७कलाकारिता

काठमाडौं, २२ असार – नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा उदीतसो बुढा मगर र सुस्मा थापाको लोकदोहोरी गीत ‘जे भने नि मान्छु’ को भिडियो बजारमा सार्वजनिक भएको छ ।

युट्युवबाट सार्वजनिक गरिएको गीतमा गायक उदीतसो बुढा मगर र गायिका भिमा कुमारी अनुुरागीको सो गीतमा आवाज रहेको छ । विवाह बन्धनमा बाधिएकी आफनी श्रीमतीको सम्पुर्ण चाहना पुरा गर्नको लागी गायक बुढा तयार रहेका छन् ।

दिनप्रतिदिन तीजका गीतहरू सार्वजनिक भइरहेको अवस्थामा ‘जे भने नि मान्छु’ गीत दर्शकको पहिलो रोजाई बन्नेमा निमार्ण टिमले विश्वास लिएको छ । गीतमा भोजराज गैरेको शब्द तथा सर्वोकृष्ट लय सिर्जना रहेको छ ।

मुकेश हुमागाईले छायाँकन गरेको भिडियो लाई अविनास डिसीले सम्पादन गरेका हुन् । मौलिक भाकामा आधारित गीतमा एलिना रायमाझी र प्रकाश सपुतको सर्वोकृष्ट अभिनय रहेको छ । भिडियोलाई निश्चल केसीले निर्देशन गरेका हुन् ।

 


तपाईंको प्रतिक्रिया