अमेरिका – मार्फल फिल्मको एभेन्जर्सः इन्फिनिटी वारले धेरै दर्शकलाई इन्जोय दियो । तर, यसको क्लाइमेक्स देखेर धेरै दर्शक निराश पनि भए । किनकि, यसको अन्त्य देखाइएको छैन । फिल्मको क्लाइमेक्समा धेरै सुपरहिरो मर्छन् ।
फिल्मले दर्शकलाई यस्तो सिचुयसन दिन्छ कि, अब के हुन्छ भन्ने पारिदिन्छ भलै त्यो मार्भलको सिनेम्याटिक विश्व किन नहोस् । तर, के भनिएको छ भने फिल्मको आगामी भागमा सबै सुपरहिरो बाँच्नेछन् र एभेन्जरसँग बदला लिनेछन् ।
मार्भल स्टूडियोका प्रमुख केविन फिजले भनेका छन् कि फिल्मको अघिल्लो भागको नाम अहिले खुलाइने छैन । एभेन्जर्स सिरिजको यो चौथोफिल्मको टाइटलका बारेमा हल्ला भने पहिलेदेखि नै चल्न थालेका छन् ।
खबरका अनुसार मार्भल स्टुडियोको यो २२ औं फिल्मको नाम ‘एभेन्जर्सः इन्फिनिटी गान्टलेट’ हुनेछ । अहिले यही नाममा फिल्मको प्रोडक्सन भइरहेको छ ।
मार्भल फिल्मका इतिहासमा एभेन्जर्सः इन्फिनिटी वार पहिलो फिल्म थियो, जसमा भिलेनले जितेको थियो । यो फिल्मले कैयन् सवाल भने छोडेको छ । यसको अर्को पार्टमा के होला र कसरी कथा अगाडि बढ्ला भन्ने धेरैलाई जिज्ञासा छ ।
अर्को कुरा के बाहिर आएको छ भने यो फिल्ममा टाइम मेसिनका माध्यमबाट भूत कालमा पुगेको कथा हुनेछ, जहाँ गएर सुपरहिरोहरु थेनोससँग लड्नेछन् ।
तपाईंको प्रतिक्रिया