अमेरिका – विश्वकै ध्यान तानेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम र कोरियाली तानाशाह किम जोङ उनको शिखर बैठकलाई संसारभर उत्सुकता साथ हेरियो । यो बैठकलाई एक ऐतिहासिक सम्मलेन भनिएको छ ।
लामो समयदेखि उत्तर कोरिया र अमेरिकाको द्वन्द्व हट्ने गरी गरिएको यो शिखर वार्ता ४ बुँदे सहमतिमा टुंगिएको छ । ट्रम्पले यसअघि सामाजिक सञ्जालमार्फत किम जोङ उनलाई गाली गर्दै आएका थिए ।
यो शिखर वार्तालाई अमेरिका र उत्तर कोरियाको महत्त्वपूर्ण वार्ताका रुपमा हेरिएको छ । ३४ वर्षीय किम जोङ उनलाई ट्रम्पले निकै चलाख नेता भन्दै प्रशंसा पनि गरेका थिए ।
राष्ट्रपति ट्रम्पले किमलाई फिल्मको ट्रेलरजस्तै एक लघु भिडियो देखाएका थिए । उक्त भिडियो कोरियन र अङ्गेजी दुवै भाषामा तयार पारिएको थियो । ट्रेलरको शैलीमा देखाइएको उक्त भिडियोमा दुई नायकका साथ संसारभर शक्ति ल्याउने कुरा बताइएको छ । नायकमा स्वयम् ट्रम्प र किम जोङ उन छन् । यो भिडियोलाई ह्वाइट हाउसले तयार पारेको हो ।
भिडियोमा भनिएको छ, ‘अब अतीत भविष्य हुन हुँदैन, यी दुई नेता आफ्नो देशको अगाडि बढाउँछन् र आफ्ना जनताका लागि नायक बन्नेछन्, के उनीहरु शान्तिका साथ अगाडि बढ्लान्?’
भिडियोपछि ट्रम्पले किमले यो भिडियो मन पराउने प्रतिक्रिया पनि दिए ।
तपाईंको प्रतिक्रिया