शुक्रबार, फागुन २५, २०७४, ०९ : २८कलाकारिता
काठमाडौं, २५ फागुन – गुल्मेली कलाकार बाबुराम पन्थी र मञ्जु पौडेलले नयाँ गीत बजारमा ल्याएका छन् । पञ्चेबाजाको भाकामा ‘गुल्मेलीको बस्ती’ बोलको बिएमस फिल्मसले बजारमा ल्याएको हो ।
गीतमा एकअर्कालाई मन पराएको भावना व्यक्त गरिएको छ । गीतका शब्दलाई विष्णु खत्रीले लेखेका हुन् भने संगीत पनि उनकै छ । त्यस्तै गीतमा बाबुराम पन्थी र मञ्जु पौडेलले स्वर दिएका छन् भने गीतको भिडियोमा पनि बाबुराम र मञ्जुकै अभिनय छ ।
भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । क्यामेरा राजेश घिमिरेको छ भने सम्पादन विष्णु शर्माले गरेका हुन् ।
तपाईंको प्रतिक्रिया