मुम्बई – बलिउडको रोमान्टिक फिल्म ‘आशिकी २’ को अघिल्लो भागका लागि मेकर लागिपरेका छन् । यस फिल्ममा पहिले आलिया भट्ट र सिद्धार्थ मल्होत्रालाई लिने भनिएको थियो । तर पछिल्लो रिपोर्ट अनुसार फिल्ममा आलियासँग सिद्धार्थ नभएर वरुण धवन हुनेछन् भनेर भारतीय मिडियाले लेखेका छन् ।
खबरका अनुसार बलिउड फ्यानका बीच आलिया र वरुणको जोडीलाई लिएर फ्यान धेरै छन् । यसै आधारमा मेकर्सले यो जोडीलाई फिल्ममा लिने फाइनल गरेको छ । आलिया र वरुणको अनस्क्रिन केमेस्ट्रीले सधैजसो फ्यानको दिल जितिरहेको हुन्छ ।
आलिया र वरुण यसअघि हप्टी शर्माकी दुल्हनिया, स्टुडेन्ट अफ द इयरमा देखिएका थिए । यो पूर्णत: लभस्टोरी फिल्म हुने बताइएको छ ।
तपाईंको प्रतिक्रिया