रजनीकान्त र अक्षय कुमारको ‘२.०’ को रिलिज डेट फाइनल − Kalakarita
रजनीकान्त र अक्षय कुमारको ‘२.०’ को रिलिज डेट फाइनल

बुधबार, असार २७, २०७५, ०९ : २९कलाकारिता

मुम्बई – सुपरस्टार रजनीकान्त र अक्षय कुमार स्टारर फिल्म ‘२.०’ को रिलिज मिति तय भएको छ । पटक पटक रिलिज मिति सर्दै आएको यो फिल्म अब सन् २०१८ को २९ नोभेम्बरमा रिलिज हुने भएको छ ।

फिल्म २०१७ को दिपावलीदेखि सर्दै आएको छ । बारम्बार रिलिज मिति सर्दै आएको कारण यसको भीएफएक्समा निकै नै स्तरीय काम गरिएको छ । त्यसैले गर्दा पनि फिल्मलाई समय लगाइएको बताइएको छ ।

फिल्म झण्डै ४ सय ५० करोड भारुको लगानीमा तयार भएको हो । बीचमा यो समय २०१९ सम्म नआउने हल्ला पनि चलेको थियो । तर यही वर्ष रिलिज गरिने गरी काम थालिएको छ ।

दक्षिण भारतीय यो फिल्मबाट अक्षय कुमारले साउथ फिल्म उद्योगमा डेब्यु गर्दैछन् । फिल्ममा रजनीकान्त रोबोटका रुपमा छन् ।

शंकरले निर्देशन गरेको यो फिल्ममा सुपरस्टार रजनीकान्त, अक्षय कुमारका साथै एमी ज्याक्सन पनि हुनेछिन् ।


तपाईंको प्रतिक्रिया