रविन्द्रनाथ टैगोर
कथा सुनाउनु पर्छ ? अरु केही सुनाउन सक्तिनँ । अब यस थकित व्यक्तिलाई विदा दिनु पर्छ ।
यो पद मलाई कसले दियो बताउन गाह्रो छ । बिस्तारै–बिस्तारै एक गरेर तिमीहरू पाँच जना कति बेला आएर भेला भयौ र कति बेला मलाई अनुग्रह गर्यौ र मलाई प्रत्याशा गरायौ यो बताउन मलाई कठिन छ वास्तवमा ती तिम्रा गुणहरुको कारण हो सौभाग्यवश मप्रति तिमीहरुको सहसा अनुग्रह जागृत भएको हो र जुन प्रकारले त्यस अनुग्रहको रक्षा हुन सक्छ, त्यस चेष्टामा यथासम्भव त्रुटि भएन ।
तर पाँच जना मान्छेको अव्यक्त अनिर्दिष्ट सम्मतिबाट जुन कार्यभार मलाई सुम्पियो म त्यसको योग्य होइन क्षमता छ या छैन, त्यसकै कारण नम्र बन्न वा अहम् गर्न चाहन्नँ, तर मुख्य कारण यो छ कि सृष्टिकर्ताले मलाई एकाकी जीवनको रुपमा निर्माण गरेका छन् ।
प्रसिद्धि, यश, जनताका लागि यो विधान छ कि यदि तिमी आफ्नो आत्मरक्षा गर्न चाहन्छौ भने अलिकति नदेखीकनै परिहासमा हो यो भुल सम्झेर मलाई ठुलो भिडभाडमा ल्याइदिएर यति बेला कपडाले मुख छोपेर हाँसिरहेको छ, म उनको हाँसोमा थोरै हाँसो मिसाउन चाहन्छु, कुनै किसिमले पनि सफल भइ रहेको छैन ।
यस्तो लाग्दैन कि, पलायन गर्नु मेरो कर्तव्य हो । सैन्य दलमा यस्ता धेरै मान्छे छन् जो स्वभावैले युद्धको अपेक्षा शान्तिको कामना गर्छन् । तर जब ती भ्रमवश एक–अर्काबिच युद्ध चर्केर युद्धक्षेत्रमा आउँछन्, तब दल छाडेर भाग्न तिनलाई शोभा दिँदैन । भाग्यले राम्रोसँग सोच विचार गरेर प्राणीहरुलाई उनीहरुका सामथ्र्य र क्षमता अनुसार काममा लाउँछन्, तैपनि दिइएको काम निष्ठापूर्वक सम्पन्न गर्न मान्छेको कर्तव्य हो । तिमी आवश्यक ठान्छौ त्यसैले तिमी म भए ठाउँमा आउँछौ र सम्मान प्रकट गर्न बिर्संदैनौ ।
आफ्नो आवश्यकता पूरा भएपछि आज्ञाकारी सेवक धर्मप्रति अवज्ञा गरेर केही आत्म गौरव गर्ने चेष्टा पनि गर्छौ । पृथ्वीमा सामान्यतया यही स्वाभाविक छ र यसै कारण साधारण नामक एक अकृतज्ञ अव्यवस्थित चित्त राजामाथि उसका नोकर चाकर वर्गको पूर्ण विश्वास हुँदैन । तर पक्ष विपक्षलाई हेर्दा सदैव काम सम्पन्न हँुदैन, तटस्थ भावले काम नगर्दा काममा गौरवको अनुभूति हुदैन ।
अतएव यदि केही सुन्ने जिज्ञासा लिएर आएको हो भने केही अवश्य सुनाउँछु । थाकेको अनुभव गर्दिनँ र उत्साह प्रत्साह प्रत्याशा पनि गर्दिनँ ।
तर आज एक सानो र धर्तीको पुरानो कथा सम्झना आइ रहेको छ, मनोहर नभए पनि सानो भएकाले धैर्यताको बाँध फुट्ने सम्भावना हुँदैन ।
धर्तीको एउटा नदीको किनारमा एउटा ठूलो जङ्गल थियो । नदी किनारको त्यस जङ्गलमा एउटा कठफोडवा र दीर्घच्चु पक्षी बस्दथ्यो ।
जबसम्म धर्तीमा किरा फटया्ङ्ग्रा प्रशस्त मात्रामा पाइन्थे त्यति बेलासम्म दुइटै पक्षीहरु पर्याप्त मात्रामा खाएर हृष्टपुष्ट थिए । तिनीहरुले यथेष्ट खाएर प्रफुल्ल चित्तले गाँउदै रमाउँथे र गगन विहार गर्थे ।
समयको प्रभावसंगै धर्तीमा किरा फट्याङ्ग्रा कम हुन थाल्यो, तब नदी किनारमा बसि रहेको पक्षीले रुखको हाँगामा बसि रहेको कठफोडवालाई सोध्यो, भाइ कठफोडवा, टाढाबाट धेरैलाई यो नवीन, हराभरा र सुन्दर लाग्छ तर मलाई त सुरुदेखि अन्त्यसम्म नै यो उजाड र जीर्ण लाग्छ ।
रुखको हाँगामा बसिरहेको कठफोडवाले नदीको किनारमा बसेको पक्षीलाई भन्यो, भाइ दीर्घच्चु धेरै मान्छेहरु यस जङ्गललाई अत्यन्त आकर्षक र शोभनीय मान्दछन् तर म भन्छु यो अन्यन्त सारविहीन कुरो हो ।
तब दुवैजना मिलेर यो प्रमाणित गर्र्न दृढ निश्चयी भए । दीर्घच्चु नदीको वगरमा गएर हिलोमाथि आफ्नो चुच्चोले ठुँगेर वसुन्धराको जीर्णतालाई देखाउन खोज्यो र कठफोडवाले रुखका हाँगाहरुमा आफ्नो चुच्चोले बारम्बार ठुँगेर जङ्गलभित्रको खाक्रोपना र उजाडपनालाई देखाउन थाल्यो ।
यी दुवै पक्षीहरु सङ्गीत विद्याबाट वञ्चित थिए । वसन्त ऋतुको आगमनसँगै, हरियो वन मनमोहक भयो, त्यति वेलासम्म ती दुइटा पक्षीहरु निरन्तर भोकभोकै आफ्नो प्रतिज्ञाका पालन गर्दै थिए ।
यो कथा तिमीहरुलाई राम्रो लागेन होला । ?
राम्रो लाग्ने कुनै कुरा नै थिएन । तर यसको सबभन्दा ठुलो र महत्वपूर्ण गुण यो छ कि पाँच सात अनुच्छेदमा पुरा भयो ।
तिमीहरुलाई लाग्दैन कि यो पुरानो कथा हो ? यसको कारण यो छ कि यस धर्तीमा भाग्यको दोषका कारण यो कथा धेरै पुरानो भए पनि सदैव नयाँ प्रतीत हुन्छ । धेरै दिनदेखि अकृतज्ञ कठफोडवा पृथ्वीको दृढ अमर महत्वमाथि ठक–ठक शब्दको आवाज निकालेर आफ्नो चुच्चोले ठुङ्ग्दै आएको छ र दीर्घच्चु पक्षी पृथ्वीको सरस उर्वर कोमलतालाई आफ्नो चुच्चोले खच–खचको आवाजले ठुङि रहेको छ, आजसम्म त्यस क्रियाको अन्त भएको छैन, मनमा जुन गुनासो छ त्यो अझसम्म पनि कायमै छ ।
सोध्छौ, कथामा सुख दुःखको के कुरा छ ? यसमा दुःखको कथा पनि छ र सुखको कथा पनि । दुःखको कुरा यो हो कि पृथ्वी जति नै उदार होउन् र जङ्गल जति महान् किन नहोस् जाबो चुच्चोले आफ्नो आहारा नपाउँदा तिनमाथि आघात गरि रहन्छ ।
सुखको कुरा यो छ कि तैपनि धर्ती सयौँ वर्षदेखि धर्ती र जङ्गल हराभरा नै छन् यदि कोही डाह ईश्याले मर्दछ भने ती दुई डाही, विद्धेषी, अभागी पक्षीहरु नै हुन् र यस ससांरमा यस बारेमा कसैलाई केही थाहा छैन ।
तिमीहरुले यस कथाको शिर पाउ बुझ्न सक्तैनौँ? यसको अर्थ खासै जटिल छैन सायद उमेर पुगेपछि आफैँ बुझ्छौ, जे होस् कला मिलाएर सब थोक तिम्रो लायक बनेन यसमा कुनै शङ्का छैन ।
अनुवादकः चतुर्भुजलाल दास केवरत
तपाईंको प्रतिक्रिया