अमिताभ बच्चनको सम्पत्ति कति? चार करोडको घडी, ९ लाखको कलम − Kalakarita
अमिताभ बच्चनको सम्पत्ति कति? चार करोडको घडी, ९ लाखको कलम

बुधबार, फागुन ३०, २०७४, ०९ : २९कलाकारिता

मुम्बई – अभिनेत्री तथा सांसद जया बच्चनको नाम सबैभन्दा धनी राज्यसभा सांसद हुनेको रेकर्ड छिट्टै नै जुट्ने सम्भावना देखिएको छ । हालै उनले राज्यसभाका लागि पर्चा दाखिला गरेकी छिन् ।

जया बच्चन र उनका पति अमिताभ बच्चनसँग १००० करोड रुपैयाँको सम्पत्ति छ । यस सम्पत्तिसँग महंगा गाडी र करोडौंको ज्वेलरी पनि जोडिएको छ । त्यतिमात्र होइन, उनीसँग एक टाटा नानो कार र एउटा ट्याक्टर पनि छ ।

जया बच्चनका एक नजिकका व्यक्तिले बताए अनुसार अमिताभ जोडीसँग झण्डै ६२ करोड रुपैयाँ बराबरको सुन र ज्वेलरी छ । अर्को कुरा अझ अमिताभसँग धेरै ज्वेलरी छ । उनीसँग ३६ करोड रुपैयाँको ज्वेलरी छ । जबकि, जयासँग २६ करोडको ज्वेलरी छ ।

बच्चन दम्पत्तिसँग करीब १३ करोड रुपैयाँको गाडी छ । त्यसमध्ये एक रल्स रायस, तीन मर्सिडिज, एक पोर्स र एक रेन्ज रोवर गाडी छ । अमिताभसँग एक टाटा नानो कार र एक ट्याक्टर पनि छ ।

त्यस्तै उनीसँग ९ लाख रुपैयाँ बराबरको एउटा कलम पनि छ । बच्चन दम्पतीसँग झण्डै चार लाख पर्ने एक घडी पनि छ । अमिताम ३ करोड ४० लाखको घडी छ भने जयासँग ५१ लाख पर्ने घडी छ ।

दुवैसँग फ्रान्सको ब्रिगनोगन प्लेजमा ३,१७५ वर्ग मिटरको रेजिडेशियल सम्पत्ति पनि छ । भारतमा उनीसँग नोयडा, भोपाल, पुने, अहमदाबाद, गान्धी नगरमा पनि सम्पत्ति छ ।

अमिताभसँग बाराबंकीको दौलतपुर इलाकामा ५.७ करोड मूल्यका ३ प्लट पनि छन् । उनकी पत्नी जयासँग् लखनऊको काकोरी इलाकामा २.२ करोड रुपैयाँको १.२२ हेक्टरको कृषि भूमि छ । दुवैले कैयन् देशको कैयन् बैंकमा आफ्नो पैसा जम्मा गरेका छन् ।

एजेन्सी


तपाईंको प्रतिक्रिया