जब शूटिङको दौरान आमिरले माधुरीका हातमा थुकेका थिए − Kalakarita
जब शूटिङको दौरान आमिरले माधुरीका हातमा थुकेका थिए

शनिबार, साउन २६, २०७५, १२ : २९कलाकारिता

मुम्बई – बलिउड स्टार आमिर खानले शूटिङको बेलामा मस्ती पनि गर्ने गर्छन् । यस्तै रमाइलो उनले माधुरी दीक्षितका साथमा पनि गरेका थिए । त्यो घटना शायद माधुरीले पनि कहिल्यै भुल्ने छैनिन् ।

आमिर खान र माधुरी दीक्षितको जोडीलाई पर्दामा निकै रुचाइन्थ्यो । यी दुईले धेरै फिल्ममा त एकसाथ काम गरेनन् तर ‘दिल’ मा शानदार अभिनय गरेका थिए ।

यो फिल्मको शूटिङका दौरान आमिरले माधुरीसँग यस्तो प्य्राङ्क गरे कि माधुरीलाई पछिसम्म त्यसको छाप प–यो ।

फिल्मको गीत ‘खम्बे जैसी खडी है’ को शूटिङ भइरहेको थियो । आमिरको दिमागमा खुरापाती आइडिया आयो । आमिरले माधुरीलाई भने कि, उनलाई मान्छेको हात हेर्नमा उनी माहिर छन् । यो सुनेर माधुरी उत्साहित भइन् ।

आमिरले भविष्यको बारेमा बताउने छन् भनेर माधुरी मख्ख पनि थिइन् । तर आमिरले माधुरीको हातलाई भविष्यवाणी गर्न लागेझैँ गरेर एकछिन हेरे । त्यसपछि थुकिदिए ।

माधुरीले यो किस्सा एक सवाल जबवाफ दिने बेलामा भनेकी थिइन् । जब उनलाई सोधियो कि, तपाईंको जीवनको आजसम्मकै नट्टी चीज के थियो? माधुरीले भनिन्, ‘मैले फिल्म दिलको सेटका बेलामा हकी स्टिक लिएर दौडाएकी थिएँ, किनकि आमिरले मसँग प्य्राङक गरेका थिए ।’


तपाईंको प्रतिक्रिया