ऐश्वर्याका कारण अभिषेकले यो फिल्म छोडे − Kalakarita
ऐश्वर्याका कारण अभिषेकले यो फिल्म छोडे

शनिबार, असार २, २०७५, ०८ : २९कलाकारिता

मुम्बई – ऐश्वर्या राय बच्चनको फिल्म ‘फन्ने खाँ’ आउँदैछ । अमिताभ बच्चनले पनि लगातार फिल्म गरिरहेका छन् । जया बच्चनले भने अभिनयबाट आफूलाई दूर बनाएकी छिन् । बच्चन परिवारका अभिषेक पनि ‘हाउसफुल ३’ पछि कुनै पनि फिल्ममा देखिएका छैनन् ।

जब अभिषेक फेरि फिल्ममा आउन चाहन्छन्, उनी पत्नी ऐश्वर्या रायले रोक्छिन् । खासमा जुन फिल्म अभिषेकले चुन्छन्, ती फिल्म मल्टिस्टारर हुन्छन् । ती फिल्मले अभिषेकको करिअरमा खासै फरक पार्दैनन् । हालै उनले अनुराग कश्यपको फिल्म ‘मनमर्जियां को छायांकन गरेरहेका छन् ।

यो बाहेक अरु जति पनि फिल्म अभिषेकका लागि आउँछन, ती सबै फिल्म ऐश्वर्यले इन्कार गरिरहेकी छिन् ।

सोनाली बोस अब नयाँ फिल्म बनाउँदै छिन्, जसमा प्रियंका चोपडाले अभिनय गर्ने पक्का जस्तै भएको छ । प्रियंका र अभिषेक यसअघि ब्लफमास्टरदोस्तानामा अभिनय गरिसकेका छन् ।

अब बन्ने भनिएको फिल्म दिल्लीका बेस्ट मोटिभेसनल स्पीकर आयशा चौधरीको जीवनमा आधारित छ, उक्त भूमिकामा जायरा वसीम देखिने भएकी छिन् ।

यो फिल्ममा अभिषेक बच्चनलाई पनि अफर गरिएको छ तर ऐश्वर्या अभिषेकले प्रियंकासँग अभिनय गरोस् भन्ने चाहन्निन् । उनले फिल्म साइन गर्न दिइनन् । उनका अनुसार यो फिल्ममा खासगरी जायरीको मुख्य भूमिका हुनेछ ।

ऐश्वर्या के चाहन्छिन् भने अभिषेकले खेल्ने फिल्ममा उनी फोकस होउन्, उनको करिअर नडुबोस् ।

उनले अहिले राम्रो प्रोजेक्टको पर्खाइमा छन् । खबरका अनुसार अभिषेक ‘हाउसफूल ४’ मा पनि आउन सक्छन् ।


तपाईंको प्रतिक्रिया