धमलापत्नी एलिजा र समुन्द्र अभिनित ‘अनुराग’ गीत रिलिज − Kalakarita
धमलापत्नी एलिजा र समुन्द्र अभिनित ‘अनुराग’ गीत रिलिज

शुक्रबार, जेठ ४, २०७५, ०९ : २९कलाकारिता

काठमाडौं, ४ जेठ – पत्रकार ऋषि धमला पत्नी एलिजा गौतम अभिनेत्री बन्दैछिन् भन्ने त धेरेलाई अपडेट भइसकेको कुरा हो । उनै एलिजा र अभिनेता समुन्द्र पण्डित अभिनित फिल्म ‘अनुराग’ को गीत रिलिज भएको छ ।

गीतमा चर्चित गायिका अञ्जु पन्त र सुगम पोखरेलको स्वर छ भने गीतका शब्दलाई सत्यराज यसआरसीले लेखेका हुन् । त्यसतै गीतमा संगीत सरोज पोखरेलको रहेको छ ।

गीतको भिडियोमा एलिजा गौतम र समुन्द्र पण्डितले अभिनय गरेका छन् । साथै ऋषि धमला प्रस्तुतकर्ताका रुपमा रहेका छन् ।

भरत गौतम र गीता भेटवालले निर्माण गरेको फिल्म एसरिका फिल्मसको ब्यानरमा निर्माण भएको हो । फिल्ममा एलिजा र समुन्द्रका अलावा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, विश्व बस्नेत, कमलकान्त मैनाली? विद्या भट्टराई लगायतका कलाकारले अभिनय गरेका छन् ।

साथै फिल्मको निर्देशन सत्यराज चौलागाईंले गरेका हुन् भने कथा किरण दाहालको रहेको छ । चलचित्रलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् ।


तपाईंको प्रतिक्रिया