‘सन्जू’ को आलोचनाले हिरानी हैरान − Kalakarita
‘सन्जू’ को आलोचनाले हिरानी हैरान

सोमबार, साउन २८, २०७५, ०९ : ३०कलाकारिता

मुम्बई – फिल्म निर्देशक राजकुमार हिरानीले आफ्नो पछिल्लो फिल्म ‘सन्जू’ मा विवादास्पद बलिउड अभिनेता सञ्जय दत्तलाई निर्दोष देखाउने गरी फिल्मको निर्माण गरे ।

मेलबर्नमा चलेको भारतीय फिल्मोत्सवका दौरान ‘सन्जू’ को निर्माणका सम्बन्धमा हिरानीलाई सोधियो, फिल्म व्यापक शोधपछि बनाइएको थियो हो?

किनकि, सन्जयलाई आरडीएक्स राखिएको आरोप लागेको थियो ।

‘मैले उच्चतम न्यायालयका हर आदेश पढेँ, जसमा हर न्यायाधीशले भनेका छन् कि, सञ्जय यसका आरोपी हैनन्’, हिरानीले भने, ‘पूरै संसारका सामुन्ने यो कुरा आइसक्यो त सवाल कहाँ उठ्छ? हामीले यो घटनामाथि लामो शोध र अनुसन्धान गरेर फिल्म बनाएका हौँ ।’

साथै उनले यदि फिल्ममा कहीँ शंका भएको भए आफूले फिल्म नै नबनाउने बताए । अहिले भने राजकुमार हिरानीलाई यही प्रश्न सोधिएको हुन्छ कि, तपाईंले सञ्जय दत्तलाई बायोपिक फिल्म बनाएर निर्दोष सावित गर्न खोज्नुभएको हो?

यो प्रश्नले हिरानी हैरान बनेका छन् ।

सन् २००६ मा सञ्जय दत्तलाई आरोपी मानिएको थियो । उनलाई अवैध हतियार राखेको आरोपमा दोषी बनाइएको थियो । फिल्ममा सञ्जय दत्तलाई हतियारको आरोपमा निर्दोष सावित गर्न खोजिएको छ ।


तपाईंको प्रतिक्रिया