कविता दिवसको अवसरमा पोखरामा ‘कविता साँझ’ हुने − Kalakarita
कविता दिवसको अवसरमा पोखरामा ‘कविता साँझ’ हुने

मंगलबार, चैत्र ६, २०७४, १० : ३०कलाकारिता

काठमाडौं, ६ चैत – विश्व कविता दिवसको अवसर पारेर पोखरामा ‘कविता साँझ’ गरिने भएको छ ।

पोखरेली युवा साँस्कृतिक परिवार र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा कार्यक्रम हुने भएको हो ।

साथै पब्लिक मिडियाको संयोजनमा निर्माण हुन लागेको कविता वाचनको विशेष कार्यक्रम ‘कविता साँझ’ भोलि चैत ७ गते दिउँसो साढे चार बजे नेपाल पर्यटन बोर्ड, पार्दीमा हुने साहित्यकार दीपक समीपले जानकारी दिए ।


तपाईंको प्रतिक्रिया