‘नाइँ नभन्नू ल ५’ को बालापन झल्काउने गीत सार्वजनिक (भिडियो) − Kalakarita
‘नाइँ नभन्नू ल ५’ को बालापन झल्काउने गीत सार्वजनिक (भिडियो)

मंगलबार, साउन २२, २०७५, ०८ : ३०कलाकारिता

काठमाडौं, २२ साउन – चलचित्र ‘नाइँ नभन्नू ल ५’ को नयाँ गीत सार्वजनिक गरिएको छ । बालापनको उमेर र समयलाई गीतमा भाव बनाइएकोभिडियोलाई युट्युबमा सार्वजनिक गरिएको हो ।

बसन्त सापकोटाको संगीत र शब्द रहेको फिल्ममा समीक्षा अधिकारीको स्वर रहेको छ । गीतलाई महराज थापाले एरेन्ज गरेका हुन् ।

विकास राज आचार्यले निर्देशन गरेको यो फिल्मलाई पारिवारिक फिल्म भनिएको छ । गीतले प्रचारलाई फाइदा पु–याउने ध्येयले एकपछि अर्को गर्दै गीत रिलिज गरिरहेको छ ।

भदौ ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको कथा सामीप्यराज तिमिल्सिना र विकासराज आचार्यले लेखेका हुन् । यस्तै फिल्मलाई हरिबोल भण्डारी र गौरीराज जोशीले निर्माण गरेका हुन् ।

चलचित्रमा निरुता सिंह, दिलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, अभिषेक नेपाल, अनुभव रेग्मी, सेड्रिना शर्मा लगायतका कालकारले अभिनय गरेका छन् ।


तपाईंको प्रतिक्रिया