काठमाडौं, ३१ असार – धेरै दिन भएको छैन, तर साम्राज्ञी राज्यलक्ष्मी शाहको उनका ब्याइफ्रेन्ड मयंक खड्कासँगको लामो सम्बन्ध टुक्रिएको छ । यो खबर पक्का हो कि, क्लब डेजाभुको सञ्चालकमध्ये एकसँग साम्राज्ञीको अहिले राम्रो सम्बन्ध छैन ।
उनका ब्याइफ्रेन्डले बढी शंका गरेको र खटपट शुरू भएको भन्ने समाचार बाहिरिएका थिए ।
जे जसो भएपनि यी दुईको जोडी अब अगाडि बढ्न सकेन । प्याचअपको सम्भावना कति छ, उनीहरुलाई नै थाहा होला ।
यसैबीच गत शनिवार अभिनेत्री साम्राज्ञी शाह काठमाडौंमा फिल्म ‘कायरा’को प्रमोशनमा भेटिइन् । केही दिनदेखि बिरामी भएको बताउने साम्राज्ञीलाई पछिल्लो फिल्म ‘कायरा’ मा काम गर्दाको अनुभव सुनाउन आएकी थिइन् ।
उनलाई हल्का खोकी लागेको थियो । खोकी मात्र हैन, उनी देख्दा पनि केही तनावमा देखिन्थिन् । यद्यपि पत्रकारसँग कुरा गर्दा भने उनी खुलेर कुरा गरिरहेकी थिइन् ।
कुराकै सिलसिलामा आफू बिरामी परेको बताउने साम्राज्ञीको एउटा संयोग के परेछ भने उनको ब्रेकअप हुनु र बिरामी हुनुको समय एकैपटक परेछ ।
बेलाबेलामा उनलाई खोकीले डिस्टर्ब गरिदिन्थ्यो ।
यति हुँदाहुँदै पनि उनी फिल्मको प्रचारमा भने खुलेरै लागेकी थिइन् । एकातिर बिरामी, अर्कातिर ब्रेकअप । त्यो त छँदैछ, लगत्तै उनलाई डबिङका लागि पनि जानुपर्ने थियो ।
उनको कामप्रतिको यो लगाव सबैलाई स्वादिलो लाग्ने नै भयो ।
तर, ब्रेकअपसँगै बिरामी चाहिँ कसरी परिन् साम्राज्ञी? उनलाई प्रेसर पुगेकै हो त? हुन त ब्रेकअपको ह्याङ्ग पनि हुनसक्छ । त्यो उनको व्यक्तिगत पाटो रह्यो । तर, उनको लगनशीलता र मेहनतको भने तारिफ गर्नलायक छ ।
पछिल्लोपल्ट सोमबार, असार ३२, २०७५ मा अपडेट गरिएको ।
तपाईंको प्रतिक्रिया