यी बलिउड अभिनेतालाई बुबा मान्छिन् अनन्या पाण्डे − Kalakarita
यी बलिउड अभिनेतालाई बुबा मान्छिन् अनन्या पाण्डे

सोमबार, जेठ ६, २०७६, ०८ : ३०कलाकारिता

मुम्बई – अनन्या पाण्डेले फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ बाट बलिउडमा डेब्यु गरिन् । यो फिल्मलाई दर्शकले खासै रुचाएनन् तर अनन्याको अभिनयको भने चर्चा भयो । यसै कारण पनि अनन्या खुशी छिन् ।

हालै अनन्याले आफ्नो जीवनमा कसले विशेष महत्त्व राख्छ भन्ने बारेमा खुलाएकी छिन् । फिल्म क्षेत्रमा अनन्याका कैयन् साथी छन् । तीमध्ये शाहरुख खानकी छोरी सुहाना खान पनि पर्छिन् । तर, कमै मात्र परिवारजस्ता हुन्छन् । अनन्याले आफूलाई भाग्यमानी पनि मान्छिन् ।

अनन्याले भनिन्, ‘बलिउडमा कैयन् कलाकार छन्, जो निकै नजिक छन्, शाहरुख खान भने मेरा लागि स्पेशल हुनुहुन्छ, उहाँ मेरो पितासमान हुनुहुन्छ ।’

शाहरुख खानले उनका बुबा चंकी पाण्डेको पनि खुबै ख्याल गर्ने गर्छन् । अनन्याले आफूलाई बच्चामा कुनै फिल्मको शेटमा गएको याद नभएको पनि बताइन् । त्यसैले पनि उनी स्टार कलाकार देख्दा अहिले पनि खुशी हुन्छिन् ।

अनन्या आफ्नो क्रस कार्तिक आर्यनका बारेमा पनि खुलेर बोलेकी छिन् । उनले कार्तिकसँग काम गर्ने मौका पाएकोमा खुशी पनि साटेकी छिन् । यी दुई फिल्म ‘पति, पत्नी और वो’ को रिमेकमा देखिनेछन् ।


तपाईंको प्रतिक्रिया