नेत्रहीन महिलाको सहयोगका लागि अनमोल केसीको लाइभ कन्सर्ट − Kalakarita
नेत्रहीन महिलाको सहयोगका लागि अनमोल केसीको लाइभ कन्सर्ट

आइतबार, असार १०, २०७५, ०९ : ३०कलाकारिता

काठमाडौं, १० असार – युवापुस्तामाझ लोकप्रिय अभिनेता अनमोल केसीको लाइभ प्रस्तुति हुने भएको छ । देशमा प्रमुख ४ शहरमा लाइभ कार्यक्रम हुने काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा बोल्दै अनमोलले कार्यक्रममा लाइभ प्रस्तुति दिन लागेको बताए । भदौ ९ गतेदेखि कार्यक्रमको शुरु हुने भएको छ भने अनमोलले कार्यक्रममा नृत्य र गायन पनि प्रस्तुत गर्नेछन् ।

सहयोगका लागि गर्न लागिएको यो इभेन्टका लागि आफूले पारिश्रमिक नलिएको र फ्यानसँग प्रत्यक्ष भेट्ने मौका पाउँदा आफूलाई खुशी लागेको उनले बताए ।

‘अहिलेसम्म मैले सामाजिक कामका लागि भनेर कुनै काम गरेको थिइन, यो मेरा लागि ठूलो अवसर हो ।’, उनले भने ।

आयोजक संस्था मोनिका इन्टरनेशनल ग्रुपका अध्यक्ष कमल जिसीका अनुसार भदौ ९ गते बुटवल, १६ गते पोखरा, २३ गते चितवन र २७ गते विर्तामोडमा अनमोलको लाइभ प्रस्तुति रहनेछ ।

कार्यक्रममा अनमोलसँग नायिका प्रियंका कार्कीले पनि स्टेज शेयर गर्नेछिन् भने अन्य कलाकारको टुंगो अझै लागेको छैन ।


तपाईंको प्रतिक्रिया