‘गुनगुन’ को गीतमा सञ्चिताले कम्मर मर्काइन् (भिडियो) − Kalakarita
‘गुनगुन’ को गीतमा सञ्चिताले कम्मर मर्काइन् (भिडियो)

सोमबार, कार्तिक १२, २०७५, १० : ३०कलाकारिता

काठमाडौं । सञ्चिता लुइँटेलको मुख्य भूमिका रहेको चलचित्र ‘गुनगुन’ को गीत सार्वजनिक गरिएको छ ।

फिल्म युनिटले ‘चम्क्यो तारा चमक्क’ बोलको गीत सार्वजनिक गरेको हो । भिडियोमा अभिनेत्री सञ्चिता र सन्नी ढकालको अभिनय रहेको छ ।

गीतले प्रेमको भावना बोल्छ । यस्तै गीतमा प्रदीप भट्टराईका शब्द र विकास चौधरीको संगीत रहेको छ भने गायिका मेलिना राई र दौलत राईको स्वर सुन्न सकिन्छ ।

रामजी लामिछानेले कोरियोग्राफी गरेको उक्त गीतमा सञ्चिता र सन्नीका बाहेक सुवास मेचे, रविन्द्र प्रताप सेन , नविन श्रेष्ठ , गणेश जिसी , देशभक्त खनाल , अनु भण्डारी , सुमेश श्रेष्ठ , राधा दाहाल , भिम मैनाली , बाल्दिप राई , विपिन प्रसाई लगायतले अभिनय गरेका छन् ।

फिल्मलाई पुकार भट्टराईले निर्माण तथा निर्देशन गरेका हुन् ।

आउँदो कार्तिक ३० गतेबाट प्रदर्शनमा आउने चलचित्रमा सामाजिक विषयवस्तुलाई उठान गरिएको निर्देशकले बताए । चलचित्र प्राथना फिल्मको प्रस्तुतिमा तयार भएको हो । फिल्मलाई सौरभ लामाले खिचेका हुन् भने अर्जुन जिसीले सम्पादन गरेका हुन् ।


तपाईंको प्रतिक्रिया