‘कोहलपुर एक्सप्रेस’ को गीतमा यस्तो देखियो विनोद र केकीको जोडी [भिडियो] − Kalakarita
‘कोहलपुर एक्सप्रेस’ को गीतमा यस्तो देखियो विनोद र केकीको जोडी [भिडियो]

बुधबार, फागुन २, २०७४, ०८ : ३०कलाकारिता

काठमाडौं, २ फागुन – प्रणय दिवसको अवसर पारेर अभिनेत्री केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ को गीत सार्वजनिक भएको छ । यसअघि सीअोडब्लु काउ सार्वजनिक गरेको युनिटले दोस्रो गीत सार्वजनिक गरेको हो ।  ‘म तिम्रो नजरमा’ प्रेमका भावनालाई प्रस्तुत गरिएको छ ।

अर्जुन पोखरेलको शब्द र संगीत, बाबु प्रधानको एरेन्ज, सुगम पोखरेल र अन्जु पन्त स्वर रहेको गीतको भिडियोमा केकी र विनोद फिचरिङमा छन् ।

प्रियंका कार्की, ऋचा शर्मा, केकी अधिकारी, रविन्द्र झा, विनोद न्यौपाने, बुद्धि तामाङ, कुसाग्र भट्टराई लगायतको अभिनय रहेको चलचित्रमा विशाल भण्डारीको लेखन तथा निर्देशन छ ।

चलचित्र आउँदो आउँदो बैशाख १४ गते रिलिज हुँदैछ ।


तपाईंको प्रतिक्रिया