‘प्रसाद’ ट्रेलरमा विपिन, नम्रता र निश्चलको द्वन्द्व (भिडियो) − Kalakarita
‘प्रसाद’ ट्रेलरमा विपिन, नम्रता र निश्चलको द्वन्द्व (भिडियो)

शनिबार, कार्तिक १७, २०७५, ०३ : ३०कलाकारिता

काठमाडौं, १७ कार्तिक – मंसिर २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रसाद’ को ट्रेलर सार्वजनिक भएको छ । दिनेश राउतले निर्देशन गरेको यो फिल्मको ट्रेलर शुक्रवार राति युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

निःसन्तान दम्पतीको कथा रहेको फिल्मको उक्त ट्रेलरमा मुख्य कलाकार विपिन कार्की र नम्रता श्रेष्ठको प्रेम, सम्बन्ध र द्वन्द्वलाई देखाइएको छ । चलचित्रमा निश्चल बस्नेतलाई समेत द्वन्द्वात्मक भूमिकामा प्रस्तुत गरिएको छ ।

सुभाष थापाले निर्माण गरेको यो फिल्मलाई सुशील पौडेलले लेखेका हुन् । यस्तै चलचित्रमा विपिन, नम्रता र निश्चलका अतिरिक्त बसुन्धरा भुसाल, विनोद भट्टराई, प्रकाश गन्धर्व, लोकमणि सापकोटा, भोला शाह लगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचत्रिमा राजेश श्रेष्ठको छायांकन, शिव विकको कोरियोग्राफी र लोकेश बज्राचार्यको सम्पादन रहेको छ ।


तपाईंको प्रतिक्रिया