‘धडक’ को बक्स अफिस आक्रामक − Kalakarita
‘धडक’ को बक्स अफिस आक्रामक

आइतबार, साउन ६, २०७५, ०६ : ३०कलाकारिता

मुम्बई – जाह्नवी कपूर र इशान खट्टर अभिनित फिल्म धडकको प्रतिक्रिया दुवै खालको आएको छ । फिल्मले बक्स अफिसमा भने कमालको व्यापार गरिरहेको छ ।

फिल्मले दोस्रो दिन १० करोड ७५ लाखको व्यापार गरेको छ । पहिलो दिनको कलेक्सन ८ करोड बराबरको थियो । यो फिल्म बलिउडको सबभन्दा बढी डेब्यु ओपनर फिल्म बनेको छ । फिल्ममा जाह्नवी र इशान दुवै डेब्यु अभिनेता हुन् ।

फिल्मले फस्ट डेको फस्ट शोमा खासै व्यापार गर्न सकेन । त्यसपछि भने फिल्मले राम्रो व्यापार गर्न थालेको हो । यो फिल्म मराठी फिल्म ‘सैराट’ को रिमेक हो । सामान्य रोमान्टिक लभस्टोरी यो फिल्मको कथाले दर्शकलाई बाँधेर राख्ने क्षमता राख्छ ।

फिल्मको व्यापार बढ्दो क्रममा भएको बताइएको छ । फिल्मका लेखक तथा निर्देशक शशांक खेतान हुन् ।


तपाईंको प्रतिक्रिया