

काठमाडौं, १५ फागुन – कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पाँचौ मानव अधिकार चलचित्र महोत्सव सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयोग, संयुक्त राष्ट्र संघीय विकास (युएनडीपी) र मानव अधिकार चलचित्र केन्द्रको सहकार्यमा हरेक वर्ष काठमाडौंमा आयोजना हुने चलचित्र महोत्सव यसपपटक सुर्खेत, जुम्ला, धनगढी र जनकपुरमा आयोजना गरिएको हो ।
कर्णाली प्रदेशका समाज विकास मन्त्री दलबहादुर राउतले कार्यक्रमको उद्घाटन गर्दै मानव अधिकारको विषयमा निर्माण भएका चलचित्र हेर्न पाउँदा खुशी लागेको बताए ।
‘मानव अधिकारका लागि सिनेमा’ भन्ने उद्धेश्यले नेपालका विभिन्न चार स्थानहरु महोत्सवको आयोजना गरिएको आयोजकले बताएको छ ।
साथै सुर्खेतमा तीन चलचित्र प्रदर्शन गरियो । ददिया, भुसको लोग्ने र इन सर्च अफ देवकी प्रदर्शन गरिएको थियो । कार्यक्रममा पत्रकार, चलचित्रकर्मी, सुरक्षाकर्मी, मानवअधिकारकर्मी लगायत उपस्थित थिए ।
कर्णालीको जुम्लामा यही फागुन १६ गते महोत्सव आयोजना गरिँदैछ भने फागुन १९ मा धनगढी र फागुन २१ मा जनकपुरमा फिल्म महोत्सव गरिने आयोजकले बताए ।
तपाईंको प्रतिक्रिया