प्रदीप खड्का नयाँ फिल्ममा अनुबन्ध − Kalakarita
प्रदीप खड्का नयाँ फिल्ममा अनुबन्ध

बुधबार, असोज १०, २०७५, १० : ३०कलाकारिता

काठमाडौं । निर्देशक हेमराज बिसीले अभिनेता प्रदीप खड्कालाई लिएर नयाँ फिल्म निर्देशन गर्ने भएका छन् ।

स्रोतका अनुसार फिल्ममा प्रदीप फाइनल भए पनि अरु कलाकारको बारेमा भने खुलाइएको छैन । फिल्मको कथा रोमान्टिक लभस्टोरी हुने बताइएको छ तर फिल्मको नाम पनि गोप्य राखिएको छ ।

यतिबेला फिल्मको स्किृप्टमा काम भइरहेको निर्देशकले बताएका छन् । फिल्मलाई ‘ब्रेकअप’ टिमले नै निर्माण गर्न लागेको जनाइएको छ ।

यद्यपि यसको बारेमा औपचारिक जानकारी भने गराइएको छैन ।


तपाईंको प्रतिक्रिया