

काठमाडौं, ११ कार्तिक – फिल्म लेखन प्रतियोगितामा छानिएको स्किृप्ट ‘दोख’ माथि बनेको फिल्म मिक्सिङको अन्तिम चरणमा पुगेको छ ।
फिल्मका निर्देशक तथा नाट्यकर्मी अनुप बरालले सामाजिक सञ्जाल फेसबूकमा जानकारी गराउँदै फिल्म अन्तिम चरणमा पुगेको जानकारी गराएका हुन् ।
‘फिल्म निर्माणको तीन वर्ष बितेछ, हामी अब सार्वजनिक हुने तयारीमा छौँ ।’, उनले लेखेका छन् ।
चलचित्रले गाउँमा हुने फुटबल खेल र उक्त खेलसँग जोडिएर देखिने राजनीतिलाई विषयवस्तु बनाएको छ । फिल्म युनिटले कथालाई रिभेन्ज गेमको कथा भएको बताएको छ ।
दिया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, कमल देवकोटा, रोय दिभ, देव न्यौपाने लगायतका कलाकारले अभिनय गरेको यो फिल्मको कथा राजन कतेथले लेखेका हुन् ।
भोजपुर जिल्लाको सुन्तले र बाघखोर गाविस आसपासमा छायांकन गरिएको फिल्मलाई शैलेन्द्र डी कार्कीले छायांकन गरेका हुन् ।
यस्तै फिल्ममा सविन ज्ञवालीको लगानी रहेको छ भने फिल्मको रिलिज मिति भने अझै तय गरिएको छैन ।
तपाईंको प्रतिक्रिया