रजनीकान्तको फिल्म ‘काला’ हेर्न फ्यान पुगे जापान टु चेन्नई − Kalakarita
रजनीकान्तको फिल्म ‘काला’ हेर्न फ्यान पुगे जापान टु चेन्नई

शुक्रबार, जेठ २५, २०७५, ०९ : ३१कलाकारिता

मुम्बई । रजनीकान्तको फिल्म ‘काला’ यतिबेला चर्चामा छ । उनका फ्यानहरुले फिल्मको प्रदर्शनलाई लिएर तिहार मनाइरहेका छन् ।

फिल्मको पहिलो शो बिहान ४ बजे राखिएको थियो, जुन शो हेर्नका लागि रातिदेखि नै फ्यानले लाइन बनाएर बसेका थिए ।

रजनीकान्तको फस्ट डे फस्ट शो हेर्नका लागि जापानबाट एक जोडी चेन्नई पुगेका छन् । जापानको उक्त जोडीले बिाहन ४ बजेको शो नै देखेको थियो ।

जब कि, यो फिल्म जापानमा पनि रिलिज हुँदैछ । तर फ्यान भने पहिलो शो नै हेर्न चाहेकाले चेन्नईसम्मको यात्रा गरे ।

फिल्म रिलिजमा सिनेमाघरका बाहिर रजनीकान्तका लागि अचम्म अचम्मका फ्यान देखिएका छन् । मुम्बईमा आफ्नो बोडीमा रजनीकान्तका तस्वीर बनाएर पनि फ्यानले खुशी साटेका छन् ।


तपाईंको प्रतिक्रिया