यस्तो बन्यो ‘शत्रु गते’को ट्रेलर, रिलिज कहिले? − Kalakarita
यस्तो बन्यो ‘शत्रु गते’को ट्रेलर, रिलिज कहिले?

शुक्रबार, फागुन १८, २०७४, ११ : ३१कलाकारिता

काठमाडौं, १८ फागुन – मह सञ्चारले निर्माण गरेको चलचित्र ‘शत्रु गते’ को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा एक औपचारिक कार्यक्रमको आयोजना गरी ट्रेलर रिलिज गरियो ।

कमेडी, सामाजिक तथा पारिवारिक कथामा तयार पारिएको चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, शिवहरि पौडेल, किरण केसी, पल शाह, आँचल शर्मा, राजाराम पौडेल, रमेश रञ्जन झा, प्रियंका कार्की लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रको स्क्रिप्ट दीपकराज गिरी र निर्देशक भट्टराईले लेखेका हुन्  ।

यसअघि नै रिलिज गरिएका गीतले राम्रो चर्चा बटुलिसकेका छन् । पिरतीको बर्को र रुपै मोहनी गीतले चर्चा कमाएका छन् ।

फिल्मका पोस्टरमा श्रीधर पौडेलको फोटोग्राफी छ भने दीर्घ गरुुङले फिल्म खिचेका हुन् ।

चलचित्रलाई दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंशकार, शिवहरि पौडेल, यशोदा श्रेष्ठ, रमिला आचार्यले निर्माण गरेका हुन् । चलचित्रलाई मह सञ्चारको प्रस्तुति भनिएको छ ।

चलचित्र यही चैत्र ९ गते रिलिज हुँदैछ ।

 


तपाईंको प्रतिक्रिया