श्रेष्ठको सम्झनामा सांस्कृतिक कार्यक्रम सम्पन्न − Kalakarita
श्रेष्ठको सम्झनामा सांस्कृतिक कार्यक्रम सम्पन्न

आइतबार, वैशाख २३, २०७५, ११ : ३२कलाकारिता

काठमाडौँ, २३ वैशाख – ‘परदेशी दाजु आँगनीमा दिनु हुन्न बास, ‘सहिदिन्छु कुट बरु, वचनले नमार’ जस्ता लोकप्रिय गीतकी गायिका कमला श्रेष्ठको ४५औँ दिनको पुण्यतिथिमा विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

सांस्कृतिक संस्थानले आज आयोजना गरेको कार्यक्रममा वरिष्ठ गायक गणेश रसिकले गायिका श्रेष्ठको स्मरण गर्दै भन्नुभयो, “उहाँ खानामा एकदमै सौखिन र सधैँ हाँसिरहने स्वभावकी हुनुहुन्थ्यो ।”

गायिका श्रेष्ठ र आफूले स्वदेश तथा विदेशमा थुप्रै प्रस्तुति सँगै गर्ने अवसर पाएको रसिकले बताउनुभयोे । सांस्कृतिक संस्थानमा गायिका श्रेष्ठको महत्वपूर्ण योगदान रहेको उहाँको भनाइ थियो ।

उक्त अवसरमा वरिष्ठ कलाकार वसुन्धरा भुसालले गायिका श्रेष्ठ र आफू बाल्यकालदेखिकै संगी भएको भन्दै आफूहरुले कलाकारिता शुरु गर्दा परिवारसँग गर्नुपरेको संघर्षको स्मरण गर्नुभयो । उहाँले गरिबीकै कारण श्रेष्ठले अकालमा ज्यान गुमाउनु परेको बताउनुभयो ।

(राससबाट)


तपाईंको प्रतिक्रिया