

काठमाडौं, ८ जेठ – फिल्म ‘लूट’ का निर्माता माधव वाग्ले यतिबेला प्रहरीको हिरासतमा छन् । नक्कली नोटको दुरुपयोग गरेको आरोपमा उनलाई प्रहरीले हिरासतमा लिएको छ । उनीसँगै अन्य ५ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले निर्माता माधव वाग्लेको अफिसबाट पनि नक्कली नोट बरामद गरेको थियो । प्रहरीले बरामद गरेको नोट जाली भएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार १ हजारका दश वटा नोट हेर्दा नक्कली भएको पुष्टि भएको छ । साथै राष्ट्र बैंकले कानूनी प्रक्रिया अगाडि बढाउन समेत भनेको छ ।
निर्माता माधव वाग्लेसहित ६ जनालाई प्रहरीले २ करोड ६० लाख ६३ हजार जाली नोटसहित प्रक्राउ गरेको थियो । निर्माता वाग्लेले भने फिल्मको प्रयोजनका लागि नोट छपाएको बताएका थिए ।
तपाईंको प्रतिक्रिया