नेगेटिभ रोलमा ‘नेप्टे’ मा दयाहाङ राई − Kalakarita
नेगेटिभ रोलमा ‘नेप्टे’ मा दयाहाङ राई

बिहीबार, चैत्र २९, २०७४, ०९ : ३२कलाकारिता

काठमाडौं, २९ चैत – यस वर्षको अन्तिम दिन रिलिज हुने दुई फिल्ममध्ये नेप्टे पनि एक हो । अभिनय क्षेत्रमा झण्डै डेढ दशक बिताएका कलाकार रोहित रुम्बाले यही शुक्रवार नेपालभर चलचित्र ‘नेप्टे’ ल्याउँदैछन् ।

गाउँले परिवेशको कथालाई समेटेर निर्माण गरिएको चलचित्रमा अभिनेता दयाहाङ राई मुख्य भूमिकामा छन् । साथै फिल्ममा छुल्ठिम गुरुङ, अर्जुन गुरुङ, पूर्णिमा लामा, बुद्धि तामाङ लगायतका कलाकारले पनि मुख्य भूमिका निभाएका छन् । रुम्बाले यसअघि तोरीलाउरे, धूम २, बिरानो माया, लभ इन चाइना बोर्डर जस्ता फिल्ममा अभिनय गरेका छन् ।

चलचित्र सोसल कमेडी जानरामा निर्माण गरिएको छ । निर्माता रुम्बाले यो फिल्म निर्माण गर्न जग्गा बेचेको बताएका थिए ।

चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा दयाहाङ राई नेगेटिभ भूमिकामा देखिँदैछन् । चलचित्रमा तारा थापाको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

पछिल्लोपल्ट शनिबार, वैशाख १, २०७५ मा अपडेट गरिएको ।


तपाईंको प्रतिक्रिया