शुक्रबार, कार्तिक ३०, २०७५, ०९ : ३२कलाकारिता
दोलखा, १४ कात्तिक – ‘पुरानो माया’ जस्ता लोकप्रिय सेलो गीत गाएर चर्चामा आएका गायक अमृत लामा योञ्जनको ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएको छ ।
आज बिहान करीब ९ बजे दोलखा, विगु गाउँपालिका–३ बुलुङमा लु ३ त ९७२३ नंको ट्र्याक्टर दुर्घटना हुँदा त्यसमा सवार सोही स्थानका ४४ वर्षीय योञ्जनको मृत्यु भएको हो । भिरमुनि गाउँबाट ढुङ्गा लोड गरी पछाडि जाने क्रममा ट्र्याक्टर सडकभन्दा करीब ३२ फिट तल खसेको इलाका प्रहरी कार्यलय सिँगटीका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए ।
योञ्जनको शव परीक्षणका लागि सदरमुकाम चरिकोट पठाइएको छ ।
तपाईंको प्रतिक्रिया