फिल्म ‘राजी’ बाट आलियालाई तारिफै तारिफ? − Kalakarita
फिल्म ‘राजी’ बाट आलियालाई तारिफै तारिफ?

शुक्रबार, जेठ ४, २०७५, १२ : ३२कलाकारिता

मुम्बई – बलिउडमा पछिल्लो समय रिलिज भएको चलचित्र ‘राजी’ को चर्चा सेलाएको छैन । यो फिल्मले अभिनेत्री आलिया भट्टलाई यति तारिफ दियो कि, उनको अभिनयको तारिफ शायदै यति भएको थिएन ।

त्यसो त यी क्युट अभिनेत्री हरेक फिल्ममा चरित्र अनुसार ढल्ने गर्छिन् । फिल्म ‘हाइवे’ बाट पनि उनको उत्तिकै चर्चा भएको थियो । अहिले फिल्म ‘राजी’ ले उनलाई चर्चाको स्वाद चखाएको छ ।

अझ अर्को कुरा त उनकै नामले गर्दा बलिउडको बक्स अफिसमा फिल्मले राम्रो व्यापार गरेको छ । साथै समीक्षामा पनि उनी नै उनी छाएकी छिन् । उनको अभिनयको प्रशंसा बलिउडका सुपरस्टारले समेत गरेका छन् ।

चलचित्रमा आलियाले एक पाकिस्तानी जासुसको भूमिका निभाएकी छिन्, जसले आफ्नो देशको लागि जस्तोसुकै कदम उठाउन पनि पछि पर्दैन । यो फिल्म वास्तविक कथामा आधारित भएर निर्माण गरिएको हो ।


तपाईंको प्रतिक्रिया