यी हुन् बलिउडका ७ महङ्गा आइटम गर्ल्स, यति लिन्छन् पारिश्रमिक − Kalakarita
यी हुन् बलिउडका ७ महङ्गा आइटम गर्ल्स, यति लिन्छन् पारिश्रमिक

आइतबार, जेठ १३, २०७५, ०९ : ३२कलाकारिता

मुम्बई – आइटम गीत बलिउडका फिल्म हिट बनाउने फर्मुला भएका छन् । करीना कपूरदेखि लिएर दीपिका पादुकोणजस्ता हिरोइन पनि आइटम गर्ल्स बन्छन् । यहाँ हामीले सबैभन्दा धेरै पैसा लिने हिरोइनका बारेमा लेख्न गइरहेका छौं ।

सनी लियोनी

सनी लियोनीको बलिउडमा सबैभन्दा धेरै माग छ । उनले शाहरुख खान जस्ता स्टारसँग पनि आइटम डान्स गरिसकेकी छन् । उनले एउटा आइटम गीत गरेवापत् ४ देखि ५ करोड भारुसम्म लिने गरेकी छिन् । सनी फिल्मको आइटम डान्स गरेर नै बलिउडमा चर्चित छिन् ।

प्रियंका चोपडा

प्रियंका चोपडाले राम जाने जस्तो चर्चित गीतमा आइटम डान्स गरेकी छिन् । उनले एउटा गीतको आइटम डान्समा गरेको ३ देखि ४ कारोड भारुसम्म लिने गरेकी छिन् । उनले खासगरी ए ग्रेडका फिल्ममा काम गर्न रुचाउँछिन् ।

क्याटरिना कैफ

चिकनी चमेली र शिला की जवानी जस्ता गीतमा आइटम डान्स गरेकी क्याटरिना कैफका केही आइटम गीत अत्यन्तै लोकप्रिय छन् । उनले करीब तीन करोड रुपैयाँ भारु लिने गर्छिन् । तर, उनले सम्बन्धका आधारमा मात्र फिल्म खेल्ने गर्छिन् ।

दीपिका पादुकोण

क्याटरिनाले झैं दीपिकाले पनि आफ्ना साथी निर्माता, निर्देशक या हिरोका लागि मात्र आइटम गीत गर्ने गर्छिन् । उनले तीन करोडसम्म लिने गर्छिन् ।

ज्याकलिन फर्नाडीस

बागी २ मा ज्याकलिन फर्नाडीसले एक दो तीन आइटम गीत गरेकी थिइन्, त्यो गीत खासै रुचाइएन । उनले एउटा गीतको आइटम डान्स वापत् २ करोड भारु लिने गर्छिन् ।

मलाइका अरोरा

बलिउडकी अर्की अभिनेत्री मलाइका अरोरा अब आइटम डान्समा खासै रुचि राख्दिनन् । उनले एउटा गीतबाट दुई करोडसम्म लिने गरेकी छिन् ।

उर्वशी रौटेला

उर्वशी रौटेलाले गरेको आइटम गीत सारा जमाना एकदमै हिट भएको थियो । उर्वशी करीब ५० लाख पारिश्रमिक लिने गर्छिन् ।


तपाईंको प्रतिक्रिया