गयो खाली बटुवा,आको पनि सित्तै
सास रहे भरिपुर्ण
मरेपछी रित्तै
शीतल दिने छहारीको
सुकी जाने पात्
हरियो परियो हुँदासम्म
चरी मार्छे बात्
एकादेशमा भन्छे !!
बटुवा माने मान्छे
ल सुन्नुस !!
घासी उस्को नाम
उखु बोकी खोलापारी पुग्नुपर्ने काम
टाढाबाट लखर लखर
आउदो रैछ हात्ती
हात्ती माथी गज्धम्म
कमिला को ताती
घासी गर्जन्छ !!
ए विशाल प्राणी
कमिला के मालिका हो तिम्रो ?
हात्ती भन्छ
म ठुलो केवल खोला मात्र तर्न सक्छु
त्यसपछिको बाटो खोज्न
कमिला मै भर पर्छु
मालिक न तिमी न म,एक दिन त मर्छु
तिमी पनि तर्ने भए आउ मदत गर्छु
घासी छक्क पर्दै भारी उठाउँछ
वारीबाट तीन प्राणी पारी पुर्याउछ
घासी मनमनै सोच्छ
कस्तो मीठो कुरा
उखुको रस भन्दा
धेरै पछी बिचलीत मन
भैगो आनन्द
ल अब !!
बटुवाले पायो उदेश्य, उदेश्यले कुवा
उखु दिदै बिदा हुन्छ घासी बटुवा
सेवाको अर्थ भन्नु सहयोग हो सिदा
अरुलाई केहि दिन सक्नु आफुले केही नलिदा
अनि भानुभक्तले जब सोधे ?
किन त घासी कुवा खन्छ ?
घासी मुस्कुराउदै भन्छ!
“अर्थ भित्र लुकेको अर्थ
सागर त भावना हो रहेछ
मानिस भक्त भन्द्दा पनि धेरै पहिले
कर्मेयोगी भानु हो रहेछ !”
तपाईंको प्रतिक्रिया