२०१८ को बाहुबली बन्यो महेश बाबुको यो फिल्म − Kalakarita
२०१८ को बाहुबली बन्यो महेश बाबुको यो फिल्म

मंगलबार, वैशाख ११, २०७५, ०९ : ३३कलाकारिता

मुम्बई – भारतीय चलचित्र ‘बाहुबली’ को सफलतापछि दक्षिण भारतीय चलचित्र उद्योगले पूरै संसारका लागि बाटो खोल्यो । ताजा उदाहरणका रुपमा आएको छ महेश बाबुको फिल्म – भरत अने नेनु ।

फिल्मले रिलिज भएको दुई दिनमै एक सय करोड कमाएको थियो । जबकि, २ सय करोडको नजिक यो फिल्म पुगिसकेको छ । फिल्म भारतमा मात्र होइन, संसारका धेरै देशमा प्रदर्शन भएको छ । तर नेपालमा भने यो फिल्म रिलिज भएको छैन ।

भारतीय समाचारले यो फिल्मलाई दोस्रो बाहुबली भनेका छन् । फिल्मले अहिले पनि एकदमै राम्रो व्यापार गरेको छ । यो फिल्म २०१८ मा सबैभन्दा छिटो एक सय करोड कमाउने फिल्म बनिसकेको छ । युरोपका कतिपय देशमा पनि यो फिल्मले धमाकेदार व्यापार गरेको बताइएको छ ।


तपाईंको प्रतिक्रिया