मुम्बई – भारतको जोधपुर कोर्टले सलमान खानलाई सन् १९९८ मा कालो हरिण शिकार गरेको आरोपमा दोषी साबित गरेको छ ।
अन्य बाँकी कलाकार सैफ अली खान, तबू, सोनाली बेन्द्रे र नीलम भने विमुक्त भएका छन् । उनलाई सजाय सुनाइनेछ । उनलाई एक वर्षदेखि पाँच वर्षसम्म जेल सजाय हुनसक्छ ।
यो मुद्दा २० वर्षदेखि चलिरहेको थियो । फिल्म हम साथ साथ है को शूटिङका दौरानमा यी सबै कलाकारलाई कालो हिरणको शिकार गरेको आरोप लागेको थियो । सलमान खान आफ्ना दुई बहिनीका साथ अलवीरा अग्निहोत्री र अर्पिता खान शर्मा पनि जोधपुरमा छन् ।
सलमानका वकिलले कम भन्दा पनि कम सजायको अपील गरिरहेका छन् । यदि तीन वर्षभन्दा धेरै सजाय भयो भने उनी माथिल्लो अदालत जानेछन् । सलमानको सजायलाई लिएर यतिबेला कोर्टमा छलफल चलिरहेको भारतीय मिडियाले लेखेका छन् ।
तपाईंको प्रतिक्रिया