

काठमाडौं, १ साउन – बलिउड फिल्म ‘सन्जू’ ले तेस्रो हप्ता पनि धमाकेदार व्यापार गरिरहेको छ । फिल्मले तेस्रो हप्तामा आइपुग्दा पनि आक्रामक व्यापार गरिरहेको छ ।
यो फिल्मले आजसम्म ३ सय १९ करोडको व्यापार गरेको छ । यो फिल्मले चौथो हप्तासम्म ३ सय ५० करोडको व्यापार गर्ने आँकलन गरिएको छ । फिल्म बलिउडको सबैभन्दा धेरै कमाउने फिल्ममध्ये उत्कृष्ट पाँचमा परेको छ ।
रणवीरको ‘सन्जू’ ले बक्स अफिसमा निकै नै राम्रो प्रतिक्रिया पाइरहेको छ । फिल्ममा रणवीर कपूर मुख्य भूमिकामा छन् । उनले फिल्ममा बलिउड अभिनेता सञ्जय दत्तको भूमिका निभाएका छन् । यो फिल्म सञ्जय दत्तका जीवनका केही हिस्सालाई लिएर बनाइएको हो ।
फिल्ममा रणवीर कपूर, भिक्की कौशल, मनीषा कोइराला, परेश रावल लगायतका कलाकारले अभिनय गरेका छन् ।
तपाईंको प्रतिक्रिया